भारतमा २६ लाखभन्दा बढीमा कोरोना संक्रमण-Sutra News

भारतमा २६ लाखभन्दा बढीमा कोरोना संक्रमण

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं–भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजारभन्दा बढी पुगेको छ।पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा मृत्यु हुनेको संख्या ५१ हजार ४५ पुगेको छ।



वर्ल्डोमिटर्सका अनुसार भारतमा एकैदिन ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा ५८ हजार १०८ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको हो।

संक्रमितमध्ये अहिलेसम्म १९ लाख १८ हजार ७६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार १९५ जनाको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट