कोरोना संक्रमणबाट उत्तर प्रदेशका मन्त्रीको निधन-Sutra News

कोरोना संक्रमणबाट उत्तर प्रदेशका मन्त्रीको निधन

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं–कोरोना भाइरसबाट भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ। पूर्वक्रिकेटरसमेत रहेका चौहान सैनिक कल्याण,होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए।



७२ वर्षीय चौहानको मृत्यु भएको उनका भाइ पुष्पेन्द्रले बताएका छन्। चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो। चौहानको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा हुँदै आएको थियो। उनलाई कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी राखिएको थियो।

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटरको रुपमा स्मरण गर्दै पछि मेहनती राजनेता बनेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट