संकटको अवस्थामा कमिसन लिने प्रवृत्ति बढ्यो : डिला संग्रौला-Sutra News

संकटको अवस्थामा कमिसन लिने प्रवृत्ति बढ्यो : डिला संग्रौला

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं–कांग्रेस नेतृ एवम् सांसद डा.डिला संग्रौलाले सरकारमा रहेका विभिन्न व्यक्तिहरूले संकटको अवस्थामा पनि कमिसन लिने प्रवृत्ति देखा परेको बताएकी छिन्। भारतले निर्यातमा प्रतिबन्ध लगाएको रमडेसिभियर इन्जेक्सन औषधि आयात गर्न सरकारले यति फर्मा,सिनर्जी ओभर्सिस र भियोसिस लाइफ साइन्सेसलाई ७२ घन्टाभित्रै ल्याउने गरि अनुमति दिएको खबर सार्वजनिक भएपछि उनको सो धारणा आएको हो।



‘तीन महिना अघिदेखि नै ६ वटा आयातकर्ता कम्पनीहरूले बंगलादेशबाट प्रतिभाइल ७ हजार रुपैयाँ भन्दा कम मूल्यमा औषधि उपलब्ध गराउने लिखित प्रतिबद्धता गरेको भएपनि सो औषधिलाई ८ हजार ६ सयमा भित्र्याउने कार्य भइरहेकोले व्यापक कमिसनको खेल रहेको आशंका उब्जिएको छ,’डा.संग्रौलाले सोमबार सूत्रन्युजसँग भनिन्,‘जबजब देशमा असहज परिस्थिति सिर्जना हुन्छ,जनता मारमा परिरहेका हुन्छन्,त्यस अवस्थामा सरकारमा रहेका व्यक्तिहरूबाट विभिन्न बाहना बनाइ कमिसन लिने प्रवृत्ति दिनदहाडै देखा पर्न थालेको सर्वत्र रूपमा नै जनताले महसुस गर्न थालेका छन्।’

उक्त विषयमा सरकारले छानबिन गर्नुपर्ने माग उनले गरेकी छिन्। ‘भ्रष्टाचारीलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्था हराएकै हो त सरकार? भन्दै प्रश्न पनि गरेकी छिन्। डा.संग्रौलाले सिद्धान्तका कुरा गरे पनि व्यवहारमा भने लागु नभएको बताएकी छिन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट