प्रधानमन्त्रीसँग छलफल गर्न देउवा बालुवाटारमा-Sutra News

प्रधानमन्त्रीसँग छलफल गर्न देउवा बालुवाटारमा

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। विभिन्न आयोगमा संवैधानिक नियुक्त र पोखरा विश्वविद्यालयलगायतका नियुक्तिका विषयमा छलफल हुने बताइएको छ।



सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले सूत्रन्युजसँग भने,‘सभापतिलाई प्रधानमन्त्रीले बोलाउनु भएको छ। संवैधानिक नियुक्ति, विश्वविद्यालयलगायतमा नियुक्तिजस्ता विषयमा छलफल गर्न बोलाइएको जानकारी मलाई छ।’

छलफलमा ओली, प्रचण्ड, देउवा र रमेश लेखक सहभागी छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट