शुभकामनासहित नेकपा सचिवालयद्वारा ‘विवाद समाधान कार्यदल’लाई अनुमोदन-Sutra News

शुभकामनासहित नेकपा सचिवालयद्वारा ‘विवाद समाधान कार्यदल’लाई अनुमोदन

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी भित्र देखिएको समस्या समाधानका लागि सुझाव दिन बनाइएको कार्यदललाई अुनमोदन गरेको छ।



सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यदललाई शुभकामनासहित अनुमोदन गरेको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए।

‘बैठकले कार्यदललाई अनुमोदन गरेको छ,’ बैठकबारे जानकारी गराउँदै श्रेष्ठले भने, ‘र, कार्यदले आज राष्ट्रकासामु देखा परेका चुनौतीलाई पुरा गर्न पार्टी र सरकार सक्षम हुने गरि गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिन सफल हुने छ भन्ने आसाकासाथ कार्यदलाई बैठकले शुभकामना दिएको छ।’

३० साउनमा नेकपाको विद्यमान आन्तरिक विवादको समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले असतुष्टि जनाएका थिए।

प्रचण्डलाई सचिवालय बैठक बोलाउन उनीहरुले माग गरेका थिए। नेताहरूको माग मुताबिक नै सचिवालय बैठक राखेर कार्यदल गठनको निर्णयलाई अनुमोदन गरिएको हो।

सचिवालय बैठकले पार्टी भित्र देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिएको पहललाई पनि सकरात्मक रुपमा लिँदै स्वागत गरेको श्रेष्ठले जानकारी दिए।

‘समययता हाम्रो पार्टीमा देखा परेको समस्या र त्यसको निकास दिने गरि भइरहेको छलफललाई व्यववस्थित ढंगले अगाडि बढाएर टुंगोमा पुर्याउन अध्यक्ष कमरेडहरु केपी शर्मा ओली र प्रचण्डले कार्यदल गठन गरेर सुझाव पेश गर्न जुन पहल गर्नु भयो, त्यसलाई बैठकले सकरात्मक रुपमा लिदै बैठकले स्वागत गर्ने निर्णय गरेको छ,’ उनले भने।

कार्यदलले चाँडै सुझावसहति प्रतिवेदन बुझाएपछि पुनः सचिवालयमा त्यसबारे छलफल हुने नेता श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट