काठमाडौं- सोमबार सेयर बजार सकारात्मक भएको छ। नेप्से पछिल्लो समय घट्बढ भइरहेको छ। यसलाई लगानीकर्ताले बजारको सामन्य प्रवृत्तिकैरुपमा लिएका छन्।
आज सेयर बजार १०.७५ अंकले बढेर १४०२.२१ बिन्दुमा रोकिएको छ। बजारमा १२ समूहमध्ये ११ समूहको सेयर बढेको छ। हाइड्रोपावर कम्पनीबाहेका सबै कम्पनीको सेयर बढेको हो।
जसमध्ये सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीहरुले कमाएको छन्। आज १२ समूहको सेयर कारोबार हुँदा कारोबार रकम १ अर्ब ७ करोड ४९ लाख ३२ हजार रुपैयाँ माथि रहेको छ। यस्तै, ३५ लाख ९१ हजार ४८ कित्ता सेयर किनबेच भएको छ।