काठमाडौं–भारतमा कोरोना भाइरस संक्रमितको संख्या २७ लाख बढी पुगेको छ। भारतमा एकैदिन ५४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा ५४ हजार २८८ जना संक्रमित भएसँगै मंगलबार संक्रमितको संख्या २७ लाख १ हजार ६०४ पुगेको हो।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचीमा तेस्रो हो।वर्ल्डोमिटर्सका अनुसार संक्रमितमध्ये अहिलेसम्म १९ लाख ७६ हजार २४८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७३ हजार ४३१ जनाको उपचार भइरहेको छ।
कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ८८० जनाको मृत्यु भएको छ। योसँगै भारतमा मंगलबार मृत्यु हुनेको संख्या ५१ हजार ९२५ पुगेको जनाएको छ।