परराष्ट्रका तीन सहसचिव राजदूतमा सिफारिस-Sutra News

परराष्ट्रका तीन सहसचिव राजदूतमा सिफारिस

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं- सरकारले परराष्ट्र मन्त्रालयका तीन सहसचिवलाई विभिन्न देशका लागि राजदूतमा सिफारिस गरेको छ। सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का राजदूतका लागि सिफारिस भएका हुन्।



सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई बेल्जियम, अधिकारीलाई पाकिस्तान र खड्कालाई जर्मनीका लागि नेपाली राजदूतमा नियुक्त गर्ने निर्णय गरेको मंगलबार सरकारका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले जनाए।

राजभण्डारी परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल, खड्का राहदानी विभागका महानिर्देशक र अधिकारी दक्षिण पूर्वी एसिया र प्यासेफिक डिभिजनका प्रमुखका रुपमा मन्त्रालयमा कार्यरत छन्।

संसदीय सुनुवाइमार्फत् अनुमोदन भएपछि उनीहरुलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने छिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट