देशको झण्डा जलाउनेलाई कारबाही गर्न कांग्रेस प्रवक्ताको माग-Sutra News

देशको झण्डा जलाउनेलाई कारबाही गर्न कांग्रेस प्रवक्ताको माग

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशको झण्डा जलाउने गीत बनाउनेलाई कारबाही गर्न माग गरेका छन्। ‘देशको झण्डा,नक्सा या अन्य कुनै पनि प्रतीक चिन्ह जलाउनेलाई के गर्ने भनेर कुनै छलफल र बहसको आवश्यकतै नहुने उनको भनाइ छ।



‘देशको झण्डा,नक्सा या अन्य कुनै पनि प्रतीक चिन्ह जलाउनेलाई के गर्ने भनेर कुनै छलफल र बहसको आवश्यकतै हुन्न,’ शर्माले ट्वीटरमा लेखेका छन्, ‘तत्काल खोजी गर्ने,गिरफ्तार गर्ने र कानुनमा ब्यवस्था भए बमोजिम कडा कारबाही गर्ने ।’

नेपालको पहिचान र नेपालीको संवेदनशीलता उपरको प्रहार कहिल्यै क्षम्य नहुने उनको भनाइ छ।

‘कुनै पनि जाति, समुदाय र संस्कृतिको कुरा गरिरहँदा अर्को जाती,समुदाय र संस्कृतिलाई अपमान गर्ने प्रवृत्ति निरुत्साहित गरिनैपर्छ,’ उनको भनाइ छ, ‘पहिचान भेटिने द्वन्द्व मेटिने,भावना र परिस्थिति हाम्रो अभिष्ट हो । यो संवेदनशीलताको हेक्का एवं साझा अस्तित्वको बाटोबाट मात्रै हामी समुन्नतिमा पुग्छौं।’

नेपालको राष्ट्रिय झण्डा जलाइएको र बाहुनक्षेत्री लक्षित आपत्तिजनक टिप्पणी गरिएको भन्दै ‘देश द्रोही’ नामको एक म्युजिक भिडियो विवादमा तानिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट