नेकपा नेता खनालद्वारा स्वास्थ्य सामग्री हस्तानन्तरण-Sutra News

नेकपा नेता खनालद्वारा स्वास्थ्य सामग्री हस्तानन्तरण

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले इलाम निर्वाचन क्षेत्र नम्बर १ लगायतका विभिन्न स्थानीय तहमा ८ सय थान पीपीई र १५ सय थान गगल्स वितरण गरेका छन्।



विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयलाई जोगिन सहज बनाउने उद्देश्यले वरिष्ठ नेता खनालले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न स्थानीय तहहरुमा स्वास्थ्य सामग्री वितरण गरेका हुन्।

उनले जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर १० का अध्यक्ष पेमा उगेन लामालाई ८ सय थान पीपीई र १५ सय थान गगल्स वितरणका लागि हस्तान्तरण गरे। वडाध्यक्ष लामाका अनुसार नेता खनालले हस्तान्तरण गरेका स्वास्थ्य सामग्री जिल्लाका सूर्योदय र माई नगरपालिका तथा सन्दकपुर, रोङ र माइजोगमाई गाउँपालिकाकासहित जिल्लाका सबै स्थानीय निकायहरुमा वितरण गरिनेछ। चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चाइनाको सहयोगमा वरिष्ठ नेता खनालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य सामग्री हस्तानन्तरणका क्रममा नेता खनालले विश्वभर फैलिरहेको कोरोना महामारीका कारण इलामका जनतालाई परिरहेको अफ्ठ्यारोलाई सहजता होस् भन्ने उद्देश्यले आफूले स्वास्थ्य सामग्री उपलब्ध गराएको बताए।

सामग्री वितरणका क्रममा वरिष्ठ नेता खनालले सरकारले कोरोना महामारी नियन्त्रणका लागि सरकारले लिइरहेका पहलकदमी ठीकै भए पनि जोखिमपूर्ण स्थानहरुमा विशेष जोडका साथ लाग्न आवश्यक रहेको औंल्याए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट