

काठमाडौं–राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। राष्ट्रकविको सम्मान स्वरूप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।
यसअघि उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सभामुख अग्निप्रसाद सापकोटा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरू कपुरधारास्थित राष्ट्रकविको निवासमै पुगेर घिमिरेको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।
१०१ वर्षको उमेरमा राष्ट्रकवि घिमिरे निवासमा मंगलबार साँझ निधन भएको थियो। राष्ट्रकवि घिमिरे लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ पुस्तन गाउँमा विसं १९७६ असोज ७ गते जन्मिएका थिए।
राष्ट्रकवि घिमिरे स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल साहित्यकार कवि तथा गीतकार हुन् ।