भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु-Sutra News

भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

चितवन–भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं.१३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको हो।



मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा.प्रमोद पौडेलले जानकारी दिए। उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ। अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो। जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट