बुटवलमा एक कोरोना संक्रमितको मृत्यु-Sutra News

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

रुपन्देही–बुटवलको कोरोना विशेष अस्पतालमा प्युठानका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। उनको आज विहान साढे ६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।



लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले साउन ३२ गते प्युठानमा नै संक्रमण पुष्टि भएका उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएको जनाए।

संक्रमण पुष्टि भएसँगै उनमा खोकी लाग्ने, ज्वरो आउने र स्वासप्रस्वासमासमेत समस्या देखिएपछि बुटवल ल्याइएको थियो। कोरोना बिशेष अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी थियो।

भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए। उनलाई सुगर र उच्च रक्तचाप समेत रहेको डा.गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट