अन्नपूर्ण गाउँपालिकामा ʿएक व्यक्ति, एक मास्कʾअभियान-Sutra News

अन्नपूर्ण गाउँपालिकामा ʿएक व्यक्ति, एक मास्कʾअभियान

शनिबार, ६ भाद्र २०७७

शनिबार, ६ भाद्र २०७७

काठमाडौं- कास्कीको अन्नपूर्ण गाउँपालिकामा ʿएक व्यक्ति, एक मास्कʾ अभियान घरघरमा पुगेको छ ।



गाउँपालिकालाई कोरोना भाइरसको सम्भाव्य जोखिमबाट जोगाउने लक्ष्यका साथ एक व्यक्ति एक मास्क अभियानलाई अनिवार्य गराउँदै ११ वटै वडामा पुगिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।

उनका अनुसार गाउँपालिकाभित्र हालसम्म ३५ हजार मास्क वितरण गरिसकिएको छ भने थप ३५ हजार वितरण गर्ने तयारी गरिएको छ ।

भाइरसको सङ्क्रमणबाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराउन यसको जोखिम, बच्ने उपाय लगायतका विषय समेटिएको एक हजार ५ सय ब्रोसर वितरण गरिएको उनले बताए । स्वास्थ्य सजगता र हात धुन सर्वसाधारणलाई अभिप्रेरित गर्न सात हजार ३० साबुन वितरण गरिएको छ ।

अभियानमा जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, विद्यालयका शिक्षक लगायतलाई परिचालन गरिएको छ । अभियान प्रभावकारी बनेको उल्लेख गर्दै अध्यक्ष कुँवरले सर्वसाधारणको भाइरसप्रतिको सजगता बढेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट