माधव नेपालको सुरक्षामा खटिएका पिएसओसहित ९ जना प्रहरीमा कोरोना संक्रमण-Sutra News

माधव नेपालको सुरक्षामा खटिएका पिएसओसहित ९ जना प्रहरीमा कोरोना संक्रमण

शनिबार, ६ भाद्र २०७७

शनिबार, ६ भाद्र २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीं (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालका पिएसओसहित ९ जना प्रहरीमा कोरोना संक्रमण भएको छ।



बिहीबार पिसिआर परीक्षण गरिएकोमा शुक्रबार उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको नेता नेपालनिकट निजी सचिवालय स्रोतले जानकारी दियो।

संक्रमितमध्ये एक पिएसओ, नेपाल प्रहरीका एक जना चालक र सात जना सशस्त्र प्रहरी छन्। स्वास्थ्य विभागको टोली नेपालको घरमै गएर बिहीबार स्वाब संकलन गरेको थियो।

नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार सुरक्षामा खटिएका पन्ध्र जनामध्ये ९ जनामा पोजेटिभ देखिएको हो।

स्वास्थ्य विभागको टोली नेपालको घरमै गएर बिहीबार स्वाब संकलन गरेको थियो जसमध्ये नेता नेपाल, उनका परिवार, सहयोगी र चालकको भने नेगेटिभ देखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट