थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा २१६ संक्रमित थपिए-Sutra News

थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा २१६ संक्रमित थपिए

शनिबार, ६ भाद्र २०७७

शनिबार, ६ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना संक्रमित थपिएका छन्। देशभरि १२ हजार ५१९ स्वाव परीक्षण गर्दा यी संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



मन्त्रयका अनुसार काठमाडौं उपत्यकामा मात्र २१६ जना संक्रमण थपिएका छ्न। काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरका ५० जना संक्रमित थपिएका हुन्।

योसँगै कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ। जसमध्ये १८ हजार ३५० संक्रमित कोरोनामुक्त भएका छन्। शनिबार १३६ जना कोरोनामुक्त भएका हुन्।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ। पछिल्लो २४ घन्टामा थप ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट