

एजेन्सी–विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस महामारीको समयमा १२ वर्षभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनुपर्ने नयाँ नियम जारी गरेको छ। बालबालिकामा पनि युवा मानिसमा जस्तै फैलिने भन्दै संगठनले नयाँ नियम सार्वजनिक गरेको हो।
डब्ल्युएचओका अनुसार पाँच वर्षभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन। छ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन, निकाल्न परिवारका सदस्यले सहयोग गर्नुपर्छ।
यस्तै ६० वर्षभन्दा मुनिका मानिसले कपडाको मास्क लगाउनुपर्ने र ६० भन्दा माथिका मानिस, दीर्घ रोगीले मेडिकल मास्क लगाउन आवश्यक रहेको पनि संगठनले जनाएको छ।
कोरोना भाइरसको माहामारी बढ्दै गएपछि डब्ल्युएचओले मानिसहरूलाई सचेत बनाउँदै आएको छ।