

तनहुँ–जालसाजी मुद्दामा फरार रहेका जिल्लाको बन्दीपुर गाउँपालिका–२ पार्चे तीनपाटे निवासी ७२ वर्षीय रुद्रबहादुर कामीबाट रु सात लाख २५ हजार राजश्व सङ्कलन भएको छ।
कामीउपर तनहुँ जिल्ला अदालतको विसं २०७४ भदौ ४ गतेको फैसलाले उक्त रकम जरिवाना फैसला गरेको थियो।
निज व्यक्तिलाई आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा प्रहरीले फेला पारी कानूनी रीतपूर्वक पक्राउ गरी तनहुँ जिल्ला अदालतसमक्ष पेश गरिएको थियो।