प्रदेश नं २ मा होम आइसोलेसनमा बस्ने बढ्दै-Sutra News

प्रदेश नं २ मा होम आइसोलेसनमा बस्ने बढ्दै

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

महोत्तरी–प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । यहाँका अस्पतालहरुको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो ।



भदौ लागिकनका बितेका छ दिनमै होम आइसोलेसनमा बस्ने तीन हजार २०७ पुगेका छन् । साउन मसान्तमा यो सङ्ख्या एक हजार ६३ थियो । भदौका छ दिनमा मात्रै दुई हजार १४४ जना होम आइसोलेसनमा बस्ने थपिएका हुन् ।

आफ्नै घरमा रेखदेख, स्याहारसम्भार र वास्ता राम्रो हुने ठहरका साथ होम आइसोलेसनमा बसेको सङ्क्रमण पुष्टि भएकाहरुको भनाइ छ । ठिक आहारव्यवहार, सन्तुलित खानपान र भौतिक दूरी निर्वाहबाट सङ्क्रमणमुक्त हुन सकिने भएपछि यस्ता सङ्क्रमित आफ्नै घरमा बस्न थालेका हुन् ।

‘सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि जनताका काममा लागि रहँदा सङ्क्रमित भइएछ’, अहिले होम आइसोलेसनमा बसेका महोत्तरीको भङ्गाहा नगरपालिका–४ का वडाध्यक्ष अशोककुमार महतोले भने ।

उनका अनुसार बस्ने तौरतरिका, निर्वाह गर्नुपर्ने सतर्कता, सन्तुलित खानपानको तालिका र आहारव्यवहारबाटै कोरोना परास्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाहित गर्न पनि होम आइसोलेसन प्रभावकारी हुने लाग्यो, घरका सबैले परबाट हेर्न पाइरहेका र ठिकठाक देखेपछि सबैमा यो सङ्क्रमणबाट मुक्त हुइने आत्मविश्वास जागेको महसुस गरेको छु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट