

काठमाडौं- हप्ताको पहिलो दिन आइतबार सेयर बजार सकारात्मक भएर बन्द भएको छ। यस दिन नेप्से सूचक १२.७७ अंकले बढेर १४१०.३४ विन्दुमा आइपुगेको छ।
१८४ कम्पनीको १ अर्ब १० करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। २४ लाख ९८ हजार ६६२ कित्ता सेयर खरिदबिक्री भएका छन्।
कूल १२ समूहको कारोबार भएकामा ३ समूह कारोबार रकम घटेको छ भने बाँकी सबै समूहको माथि लागेका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक २३३.२२ अंकले बढेको छ। यता, वाणिज्य बैंक समूहमा ४.८ अंकको तेजी आएको छ।
आज समृद्धि फाइनान्सको सेयर भाउ सबैभन्दा धेरै ९.७७५ ले बढेको छ। नेको इन्सुरेन्स र तारागाउँ रिजेन्सी होटेलमा धेरै कमाउनेमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यता, सबैभन्दा धेरै गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता रहेका छन्।
यसको भाउ ३.७०५ ले तल झरेको हो। खदिरबिक्री रकममा नेको इन्सुरेन्स अग्रस्थानमा आइपुगेको छ। यसको १३ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो। खरिदबिक्रीमै दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल पुनर्बिमा कम्पनी रहेका छन्।