एकैदिन ८१८ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा १६६ संक्रमित थपिए-Sutra News

एकैदिन ८१८ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा १६६ संक्रमित थपिए

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कूल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ।



त्यस्तै कोरोनामुक्त हुनेको संख्या १८ हजार ६३१ पुगेको छ। आइतबार थप २८१ जना कोरोनामुक्त भएका थिए। मनत्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ जनाको मृत्यु भएको थियो। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ।

त्यस्तै काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण देखिएको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट