प्रधानाध्यापकको मृत्यु, स्वाव संकलन-Sutra News

प्रधानाध्यापकको मृत्यु, स्वाव संकलन

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

सप्तरी- विष्णुपुर गाउँपालिकास्थित जनता मावि खुरहुरियाका एक ५१ वर्षीय प्रधानाध्यापकको आज मृत्यु भएपछि स्वाव संकलन गरिएको छ।



रुपनी गाउँपालिका-४ भथौल निवासी उनको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले बताएका छन्। बिहान घुमेर घर आइ खाना खाएर सुतेका उनी उठेपछि रिंगटा लागेर बेहोस हुँदा बिष्णुपुर गाउँपालिकाको एम्बुलेन्समा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले अस्पताल आइपुग्नु अगावै मृत्यु भएको जानकारी दिनुहुँदै हृदयघातको सम्भावना व्यक्त गरे। स्वाव संकलनपछि शवलाई परिवारको जिम्मा लगाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट