चितवनका १४ सहित थप २० जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

चितवनका १४ सहित थप २० जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

चितवन–चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक/एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। चितवनका मात्रै १४ जनामा कोरोना पुष्टि भएको छ ।

चितवन मेडिकल कलेज स्वाब संकलन केन्रबाट स्वाब संकलन गरिएका संक्रमितहरु २० देखि ७४ वर्षसम्मका छन्। आइतबार गरिएको परीक्षणको रिपोर्ट सोमबार सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट