

काठमाडौं– सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुन तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम गरेको छ। आइतबार ९८ हजार ४ सयमा रुपैयाँमा यसको कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको भाउ पनि ५ सय रुपैयाँले नै घटेर तोलाको ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ । आइतबार तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले गिरावट आएको छ। आइतबार तोलाको १३ सय ४५ मा कारोबार भएको चाँदी आइतबार तोलाको १ हजार ३ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ।