

काठमाडौं- सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)को प्रमुख कार्यकारी अधिकृतमा पुर्णप्रसाद आचार्य नियुक्त भएका छन्। सोमबार बसेको सीडीएससीको सञ्चालक समितिको बैठकले आचार्यलाई चार वर्ष लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो।
आचार्य कृषि विकास बैंकका अवकाश प्राप्त कर्मचारी हुन्। सीडीएससीको सिइओको लागि ७ जनाको आवेदन परेको थियो। सीडीएससीका रिक्त सीइओ पदका लागि गठित छनोट समितिले पूर्णप्रसाद आचार्यसहित भीष्मराज चालिसे र कृष्ण गिरी गरी तीन जनाको नाम सिफारिस गरेको थियो। सीडीएससीको तत्कालिन सीइओ देवप्रकाश गुप्ताको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो।