निषेधाज्ञामा पनि सेयर बजारको उकालो यात्रा-Sutra News

निषेधाज्ञामा पनि सेयर बजारको उकालो यात्रा

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

काठमाडौं- सेयर बजारले मंगलबार पनि उकालो यात्रा तय गरेको छ। आज नेप्से सूचक ९.३४ अंकले बढेर १४४०.९४ बिन्दुमा गएर रोकिएको छ। १८२ वटा कम्पनीको १ अर्ब ८५ करोड ५१ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।



कारोबार भएका १२ समूहमध्ये तीन समूहको सेयर घटेको छन्। अरु समूहको सेयर भने सामान्य उकालो लागेको छ। सबैभन्दा धेरै जीवन बीमा कम्पनीहरुको सूचक १५१.७३ अंकले उकालो लागेको छ।

वाणिज्य बैंक समूहको सूचक १.९२ अंकले माथि लागेको छ। नेपाल पुनर्बिमा कम्पनीको भाउ सबैभन्दा धेरै ७.६९ प्रतिशतले बढेको छ। यता, समृद्धि फाइनान्सको भाउ सबैभन्दा धेरै ६.५४ प्रतिशलले घटेको छ।

खरिद-बिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ। यसको २८ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यसैगरी, दोस्रोमा नेको इन्सुरेन्स र तेस्रोमा सूर्या लाइफ इन्सुरेन्स परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट