काठमाडौं- सरकारले नेपाल राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा प्रा. डा. उपेन्द्र प्रसाद कोइरालालाई नियुक्त गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार मन्त्रीस्तरीय निर्णयमार्फत् कोइरालालाई वाणिज्य बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेका हुन्।
कोइराला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी हुन्। वाणिज्य बैंकका तत्कालीन अध्यक्ष निर्मलहरि अधिकारी राजस्व बोर्डको सदस्य नियुक्त भएसँगै रिक्त स्थानमा कोइरालाई लगिएको हो। कोइराला तत्कालीन नेकपा एमालेका तर्फबाट अत्यधिक राजनीतिक नियुक्ति पाउने व्यक्तिमध्ये पर्छन्।
उनी यसअघि महेन्द्र मोरङ क्याम्पस प्रमुख, उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्ष, खाद्य संस्थानको महाप्रबन्धक, आयल निगमको अध्यक्ष, उच्च माध्यमिक शिक्षा परिषदमा उपाध्यक्ष, मध्यपश्चिमाञ्चल बिश्वबिद्यालयको उपकुलपति भइसकेका छन्।