महिला क्रिकेट खेलाडीको कोरोना बीमा-Sutra News

महिला क्रिकेट खेलाडीको कोरोना बीमा

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट खेलाडीको कोरोना बीमा गरेको छ। क्यानले मङ्गलबार विज्ञप्ति जारी गर्दै १८ सिनियर महिला खेलाडीको कोरोना बीमा गरेको जनाएको छ।



यसअघि क्यानले पहिलो चरणमा सिनियर पुरुष क्रिकेट टोलीका २३ खेलाडीसहित ५१ जनाको बीमा गरेको थियो। कोरोना सङ्क्रमणको त्रास बढ्दै गएको अवस्थामा क्यानले खेलाडी, मैदानमा खटिने कर्मचारी र क्यान कार्यालयका कर्मचारीको यस अघि बीमा गरेको हो। बीमा गरिएका महिला खेलाडीको नाम भने क्यानले सार्वजनिक गरेको छैन।

पहिलो चरणमा पुरुष खेलाडी, मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको कोरोना बीमा गरेपछि क्यानले दोस्रो चरणमा महिला खेलाडीको बीमा गरेको हो।

लामो समयदेखि क्यानले कोरोना महामारीका कारण पुरुष तथा महिला खेलाडीका लागि प्रशिक्षणको चाँजोपाँचो मिलाउन सकेको छैन। राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले सम्पूर्ण खेलकूद गतिविधि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ। महिला खेलाडीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उक्त बीमा गरिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट