जमैका–संसारकै सर्वाधिक तेज धावक तथा ८ पटकका ओलम्पिक विजेता उसेन बोल्टलाई कोरोना संक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३४ वर्षको जन्मदिन मनाएको केही दिनमै उनलाई कोरोना लागेको हो।
इंग्ल्याण्डका फुटबलर रहिम स्टेर्लिङ, बएर लिभर्कुसेन विंगर लियोन बोलर र क्रिकेटर क्रिस गेल समेत उनको बर्थडे पार्टीमा सहभागी भएको बताइएको छ। जमैकन स्वास्थ्यमन्त्रीले बोल्टलाई कोरोना भएको र थप कन्ट्याक ट्रेसिङ गर्न लागेको जानकारी दिएका छन् ।