गायक प्रमोद खरेलले कविता लेख्दै भने–कोठाभित्र थुनिएको छु-Sutra News

गायक प्रमोद खरेलले कविता लेख्दै भने–कोठाभित्र थुनिएको छु

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

काठमाडौं- गायक प्रमोद खरेलले कोरोना भाइरसका कारण आफूभित्र डर/त्रास भएर कोठाभित्रै थुनिएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा कविता पोस्ट गर्दै उक्त कुरा बताएका हुन्। 



‘म बन्द कोठा भित्र थुनिएको छु। डर/त्रासले छटपटीदै सुनौला दिनको सपनामा उनिएको छु,’ प्रमोदले लेखेका छन्, ‘कोरोना महामारीका कारण आफ्नो घरभित्रै जनता थुनिएको बेला सकस र अभाव मै तिर फर्किएको छ।’

सरकारले जनतालाई घरभित्रै बस्न आग्रह गरेकोप्रति आफू अनभिज्ञ भएको प्रमोदले लेखेका छन्। ‘बाहिर ननिस्किनु’ भनेको विषयमा आफूलाई केही थाहा नभए पनि आफूले त्यहिँ कुरा मान्ने गरेको उनले लेखेका छन्।

साथै उनले देशमा भ्रष्टचार र भागबन्डाले पेट भर्ने, आफ्नो मात्रै दुनो सोझ्याउनेलाई सजिलो भएको र कोही भने सिटामोलको अभावमा मरिरहेको लेखेका छन्। उनी लेख्छन्, ‘दुनो सोझ्याउनु त छ सबैलाई, भ्रष्टाचार र भागबन्डाले पेट भर्छन् यहाँ। जिन्दगी बन्दगी राखेर सास फेर्नेहरू सिटामोलको अभावले मर्छन् यहाँ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट