एथलेटिक्स खेलाडी आक्रमण गर्नेलाई कारबाहीको माग-Sutra News

एथलेटिक्स खेलाडी आक्रमण गर्नेलाई कारबाहीको माग

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

काठमाडौं- नेपाल एथलेटिक्स संघले एथलेटिक्सका कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि गरिएको कुटपिटको घटनामा संलग्नललाई कारबाहीको माग गरेको छ।



संघका अध्यक्ष राजीवविक्रम शाहले आज विज्ञप्ति जारी गर्दै खेलाडी चन्द्रकलालाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन्। चन्द्रकलालाई सोमबार राति झापाको मेचीनगर नगरपालिकाको चारआलीमा छिमेकीले आक्रमण गरेका थिए।

कुटाईबाट उनी सख्त घाइते भएकी छन्। गर्भवती रहेकी उनको झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ। नेपाल पुलिस क्लबमा आबद्ध चन्द्रकला कोरोना महामारीका कारण गत चैतमा लकडाउन हुनुअघि झापा गएकी थिइन्।

यसैबीच नेपाल एथलेटिक्स संघका अध्यक्ष शाहीले लामगादेको उपचारका लागि रु २१ हजार सहयोग गरेका छन्। अध्यक्ष शाहीका अनुसार चन्द्रकलालाई कुटपिट गर्नेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले पक्राउ गरेको छ।

एथलेटिक्स खेलाडी चन्द्रकलाले पूर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकूद र प्रदेश नं ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकूदमा सटपुट र ज्याभलिनथ्रोमा स्वर्ण पदक जितेकी थिइन्। उनको नाममा आठौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्सको सटपुटमा १२.०४ मिटर तथा ज्याभलिनथ्रोमा ४४.०४ मिटर थ्रो गरेको राष्ट्रिय कीर्तिमान छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट