मेस्सीले किन छाड्दैछन् बार्सिलोना ? यस्ता छन् तथ्य-Sutra News

मेस्सीले किन छाड्दैछन् बार्सिलोना ? यस्ता छन् तथ्य

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

काठमाडौं-  ‘म लियोनल आन्द्रेस मेस्सी। यस पत्रका माध्यमबाट म क्लबसमक्ष मेरो व्यावसायिक सम्झौता खारेज गरियोस् भन्ने अनुरोध गर्दछु। म र क्लबबीच भएको सम्झौतामा रहेको बुँदा नम्बर २४ ले मलाई यो अधिकार प्रयोग गर्न दिएको छ। मेरो व्यक्तिगत र व्यावसायिक सम्बन्ध विकासका लागि यहाँको बसाइभरि क्लबले दिएको अवसरप्रति म कृतज्ञ छु। र, सधैं रहनेछु। मैले यहाँ रहँदाका वर्षहरुमा प्राविधिक र व्यक्तित्व विकासमा थुप्रै कुरा सिक्न पाएँ। यस घडीमा म व्यक्तिगत कारणले कठिन निर्णय लिन बाध्य भएको छु। मलाई आशा छ क्लबले मेरो निर्णयअनुसार अघि बढ्न सहज वातावरण तयार पारिदिनेछ।’



fx1.jpg

नेपाली समयअनुसार मध्यरातमा मेस्सीले बार्सिलोनाका अध्यक्षको नाममा यो सन्देश व्युरो फ्याक्सका माध्यमबाट पठाए। मेस्सीको यो फ्याक्सपछि बार्सिलोनाले तुरुन्त आफ्नो बोर्ड बैठक डाक्छ र अधिकांश बोर्डका सदस्यले मेस्सीले बार्सिलोना छाडे आफूहरु पनि छाड्ने भन्दै राजीनामा दिन्छन्।

केही समय पछि बार्सिलोनाका कार्यलय बाहिर मेस्सीका हजारौँ समर्थकहरुले उनको बहिर्गमन रोक्न माग गर्दै क्लब अध्यक्ष बोर्टामेउविरुद्ध नारा-जुलुस गर्छन्। मेस्सीको यो निर्णयपछि फुटबल बजारमा गतिलो भूकम्प नै गएको छ। सामाजिक सञ्जालदेखि ठूल्ठूला अन्तर्राष्ट्रिय मिडियाहरुको हेडलाइन बनिरहेका छन्- लियोनल मेस्सी।

आफ्नो २० वर्ष लामो बार्सिलोना बसाइमा मेस्सीले कैयौंपटक एउटै प्रश्न झेलिरहेका छन्- ‘तिमी बार्सिलोनाभन्दा बाहेक कुन क्लबमा खेल्न चाहन्छौं?’ लजाँउदै मेस्सीले दिने जवाफ नि एउटै हुन्छ- ‘म संसारकै उत्कृष्ट क्लबमा छु। म यहाँ धेरै खुसी छु। म आफ्नो खेल जीवन यहीँ अन्त्य गर्न चाहन्छु।’

कुनै बेला भने उनले आफ्नो पुरानो क्लब ‘न्युवेल्स वल्ड बोइज’मा केही समय खेलेर सन्यास लिने इच्छा व्यक्त पनि गर्थे। तर ६ पटकको ब्यालोन्डिआर विजेता मेस्सी न्युवेल्स वर्ल्ड बोइज जाने बेला भएको छैन।

तर, एक्कासी व्यक्तिगत कारण देखाउँदै मेस्सी क्लब छाड्ने निर्णयमा कसरी पुगे त?  यो एकदम आश्चर्यको विषय हो। यो पनि होइन कि मेस्सीले बार्सिलोना छोड्नै हुन्न। तर आफू हुर्केको, सारा फुटबल अझ भनौं जिन्दगी सिकाएको घर छाड्ने निर्णयमा पुग्नुको पछाडि के-के कारण छन्? हामीले त्यसलाई तथ्यसहित औँल्याउने प्रयास गरेका छौं।

हिजो बार्सिलोनालाई युरोपको टप टिम बनाउन रगत पसिना बगाएका खेलाडीलाई यसरी अपमान गरेको मेस्सीलाई मन परेन। मेस्सीका अनुसार टोलीमा उमेरसँगै स्तर खस्केका खेलाडीलाई खेल दौरानमा युवा प्रतिभाहरुले प्रतिष्थापन गर्ने हो, यसरी अपमानजनक तरिकाले प्रतिष्थापन गर्ने होइन। तर, नयाँ प्रशिक्षकले मेस्सीको यो इच्छालाई पनि नकारे।

विगत केही वर्षदेखि बार्सिलोना बोर्डमा यति मनोमानी बढेको छ कि जसलाई सामन्यरुपमा बुझ्न गाह्रो छ। पैसाका लागि कुनै पनि खेलाडीको भविष्यमाथि खेलवाड गरिरहेको आरोप बार्सा बोर्डलाई लाग्दै आएको छ। एकेडेमीबाट उत्पादित प्रतिभाशाली युवा खेलाडीहरुलाई आफ्नै क्लबमा अवसर नदिने अनि अन्य साना तथा कमजोर क्लबमा पठाएर गुमनाम बनाइदिने कामले आफ्नै माथिल्लो टोलीमा संकट धेरै पहिलाबाट सुरु भएको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बार्सिलोनाको टिम निर्माणमा प्रशिक्षकलाई गौण राखेर बोर्डले नै हस्तक्षेप गर्ने गर्छन्।

सन् २०१७ मा नेयमारले बार्सिलोना छाडेपछि उसको आक्रमणपंक्ति केही कमजोर भएकै हो। तर, मेस्सी र सुवारेजले आफ्नो गोल गतिमा कुनै कमी आउन दिएका छैनन्। यहबीचीमा मेस्सीले एउटा फिफा ब्यालोनडिआर र लगातार ३ वटा गोल्डेन बुट जित्न पनि सफल भए। यति सफलताका वावजुत पनि मेस्सी स्वयंले नेयमारको अभावको महसुस गर्न छाडेनन् र उनले नै बार्सा बोर्डलाई नेयमारलाई बार्सिलोना फर्काउन आग्रह गरे। त्यसयता नेयमार पनि पीएसजीमा खुसी थिएनन्। सबै टिम र समर्थकले पनि त्यही माग गरे। सन् २०१८ मै क्लब अध्यक्षले नेयमार फिर्ता ल्याउने घोषणा गरेका थिए। तर पटक-पटक  आर्थिक अभावको बाहाना देखाँउदै उनले २२२ मिलियन युरोमा आफैँले बेचेका नेयमारलाई फिर्ता ल्याएनन् । बरु नेयमारको विकल्प भन्दै उस्मान डेम्बेले, फिलिप कौटिन्हो र एन्टोइन गृजम्यानलाई कूल ४०० मिलियन युरो खर्च गरेर ल्याए। तर, नेयमारको विकल्पमा कोही पनि सफल हुन सकेनन्।

लुइस इनरीकेले प्रशिक्षकको पद छाडेपछि बार्सिलोनाको परम्परागत खेल शैली टिकिटाका हराँउदै जाने धेरैले टिप्पणी गरे। मेस्सीलगायत टिमले पनि इनरीकेकै स्तरको प्रशिक्षको आवश्यकता औँल्याएका थिए। तर त्यो दबाबलाई पनि लत्याँउदै बार्साभन्दा तुलनात्मकरुपमा कमजोर टिमलाई प्रशिक्षण गराएका एर्नेस्टो भालभर्देलाई प्रशिक्षकमा नियुक्त गरे। उनको दुई वर्षे कार्यकालमा बार्साले चाहेजस्तो सफलता हासिल गर्न सकेनन्।

सन् २०१८/१९ को च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलको घरेलु मैदान एन्फिल्डमा ४-० ले हारेपछि उनलाई पनि बर्खास्त गरियो। उनको बर्खास्तीपछि क्लब अध्यक्षले क्लबका पूर्व लेजेन्ड खेलाडी जाभी हर्नान्डेजलाई ल्याउने वाचा गरे। तर यसपालीको वाचा पनि लत्याँउदै उनले प्रशिक्षकमा क्विके सेटियनलाई ल्याए। उनको प्रशिक्षणमा बार्सिलोना उपाधिविहीन हुन पुग्यो। यसरी बार्साका अध्यक्षले पटक-पटक गरेका वाचाहरु पूरा नगर्ने अनि गलत निर्णयहरु लिँदै जानाले खेलाडीहरु उनीसँग क्रूद्ध थिए र स्वयं मेस्सी पनि।

मेस्सीले बार्सिलोना छाड्ने प्रमुख कारण बार्सा बोर्डसँगको असहमति त पक्कै हो। तर पछिल्ला समय तत्कालीन कारणहरु बनेर अरु पनि कारणहरु थपिँदै गइरहेका छन्। बोर्डसँगको असहमति त कायमै थियो र छ पनि। तर पछिल्ला समय उनको काँधमा खेलैपिच्छे झन बढदै गएको जिम्मेवारीहरुले मेस्सीलाई थकित तुल्याएका छन्। पहिलो त मेस्सी एक निपुण गोलकर्ता हुन उनलाई यही जिम्मेवारीमा छोड्नुपर्छ। कहिलेकाहीँ मिडमा झरेर बलसँग कुद्नु उनको ऐच्छिक कुरा हो।

उनले सन् २०१६/१७ को सिजनदेखि लगातर ३ सिजन गोल्डेन बुट जितेका थिए। तर यसपालीको सिजन उनीमात्रै २५ लिग गोलमा सीमित हुनुपर्‍यो। यद्यपि लालिगाको उच्च गोलकर्ता हुन्। उनको गोलसंख्या घट्नुको प्रमुख कारण भनेको एकै खेलमा फरक-फरक जिम्मेवारी बहन गर्नुले हो। विगतदेखि उनले राइट विङको जिम्मेवारी सम्हाल्थे। तर, यसपाली उनले आफ्नो पोजिसनबाट उचित फुटबल खेल्न पाएनन्। एकै खेलमा उनी कहिले राइट विङ, कहिले सेन्ट्रल फर्वार्ड, कहिले अट्याकिङ मिडफिल्ड त कहिले सेकेन्ड स्ट्राइकरको जिम्मेवारी सम्हाल्नु पर्थ्यो। अधिकांश समय मैदानको बीच भागमा बिताएका मेस्सीले यो सिजन टिमका लागि ४४ खेलमा केवल ३१ गोल र २५ असिस्ट गरेर एक्लैले सिङ्गो टिमलाइ बोकेर दौडिरहे।

कुनै फर्वार्डले एक सिजनमा २५ एसिस्ट गर्नु भनेको ऊ गोलकर्ता नभई मिडफिल्डर बन्नु हो। क्विके सेटियनले मेस्सीलाई यसरी फरक-फरक भूमिकामा प्रयोग गरे, जसले गर्दा उनको छोटो प्रशिक्षण कालमा दर्जनभन्दा बढी खेलमा मेस्सीले गोल गर्न सकेनन्। त्यसैले पनि मेस्सी उनीसँग कहिल्यै सन्तुष्ट हुन सकेनन्।

मेस्सीले बार्सिलोनाका लागि खेलेदेखि कहिल्यै खाली हात हुनु परेको छैन। तर यसपाली कुनै उपाधि जित्न सकेनन्। यतिसम्म भयो कि एलक्लासीको भीडन्तका राजाका रुपमा स्थापित उनी यो सिजन १० वर्षपछिकै सबैभन्दा कमजोर अवस्थामा रहे। नउनले गोल गर्न सके, न एसिस्ट।

लिगमा साना-साना टिमसँगको हारको पीडा त छँदैछ, त्यसमाथि यसै महिना भएको च्याम्पियन्स लिग प्रतियोगिताको क्वार्टरफाइनल खेलमा बार्यनसँगको ८-२ को हारले मेस्सीलाई निरासाको उत्कर्षमै पुर्‍यायो।

मेस्सीको निरासाको यात्रा यतिकै सकिँदैन। बार्सिलोनाले फेरि प्रशिक्षक हटाएर आफ्न पूर्व खेलाडी रोनाल्ड कोमनलाई नियुक्त गर्‍यो। कोमनले च्याम्पियन्स लिग जित्ने वाचा अरुलेझैँ गर्न भ्याय। र, बार्साको पुनर्सरंचनाको नाममा टिममा ३० काटेका खेलाडीको भविष्य नरहेको अभिव्यक्तिसमेत दिन भ्याइसके।

उनले टोलीका प्रमुख खेलाडी आर्टुरो भिडाल, इभान राकिटिच, सर्जियो बुस्केट्स र लुइस सुवारेजजस्ता खेलाडीलाई क्लबमा भविष्य नरहेको र बाँकी सम्झौता रद्ध हुने चेतावनी दिँदै अर्को गन्तब्य खोज्न भनेका थिए।

हिजो बार्सिलोनालाई युरोपको टप टिम बनाउन रगत पसिना बगाएका खेलाडीलाई यसरी अपमान गरेको मेस्सीलाई मन परेन। मेस्सीका अनुसार टोलीमा उमेरसँगै स्तर खस्केका खेलाडीलाई खेल दौरानमा युवा प्रतिभाहरुले प्रतिष्थापन गर्ने हो, यसरी अपमानजनक तरिकाले प्रतिष्थापन गर्ने होइन। तर, नयाँ प्रशिक्षकले मेस्सीको यो इच्छालाई पनि नकारे।

उसै त नेयमार गएपछि निरास भएका मेस्सी अब आफ्नो सबभन्दा मिल्ने साथी सुवारेजलगायत आफ्ना सम्पूर्ण सहकर्मीहरु विदा हुँदा उनी एक्लै क्लबमा बस्नु उनको लागि पनि उचित लागेन। हिजो युरोपेली फुटबलमा तहल्का मच्चाँउदा सँगै भएका ११ जनामध्ये अहिले कोमनको योजनामा मेस्सी र टेर स्टेगनमात्रै बाँकी छन्।

यस्तो अवस्थामा ३३ वर्षीय बुढ्यौली उमेरका मेस्सी मरुभूमि बीचमा रहेको एक्लो रुख जसरी लथालिङ्ग बार्सिलोना कुरेर कसरी रहन सक्लान र?

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट