सरकारका प्रवक्ता भन्छन्- कुलमानलाई सामाजिक सञ्‍जालले नियुक्ति दिएको होला, सरकारले छैन-Sutra News

सरकारका प्रवक्ता भन्छन्- कुलमानलाई सामाजिक सञ्‍जालले नियुक्ति दिएको होला, सरकारले छैन

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं- सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे कुनै निर्णय नगरिएको बताएका छन्।



वर्तमान सिइओ कुलमान घिसिङलाई पुनर्नियुक्तिबारे कुनै प्रस्तावसमेत मन्त्रिपरिषद्‍मा नआएको खतिवडाले नबताए। बिहीबार आयोजित सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा खतिवडालाई नियुक्तिबारे पत्रकारले सोधेको प्रश्नप्रति व्यंग्य गर्दै घिसिङलाई समाजिक सञ्जालले नियुक्ति दिएको भए आफूलाई थाहा नहुने बताए।

‘कुलमानलाई सामाजिक सञ्‍जालले नियुक्ति दिएको होला तर सरकारले कुनै निर्णय गरेको छैन्,’ खतिवडाले भने, ‘अझैसम्म औपचारिक प्रस्ताव आइसकेको छैन। त्यो लेखाइ र बोलाइमा कुनै पनि सत्यता छैन।’

मंगलबार मन्त्रिपरिषद् बैठक बस्नुअघि घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त गरिएको भन्दै हल्ला चलाइएको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट