काठमाडौं- सरकारले गृहमन्त्रालयका सहसचिव उदयबहादुर रानामगर र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ।
उनीहरुलाई हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्न परराष्ट्र मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।
रानामगरलाई हङकङ र मकाउ तथा ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्न परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो।
यसअघि मगर झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए भने ढकाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत दुई पक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख थिए।