थप एक हजार १११ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या २० हजार बढी-Sutra News

थप एक हजार १११ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या २० हजार बढी

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा १ हजार १११ कोरोना संक्रमित थपिएका छन्। देशभरि १२ हजार ६२९ पीसीआर परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



योसँगै कोरोना संक्रमितको कूल संख्या ३५ हजार ५२९ पुगेको छ। त्यस्तै २० हजार ७३ जना कोरोनामुक्त भएका छन्। बिहीबार थप ५६९ जना संक्रमित कोरोनामुक्त भएका थिए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८ जनाको संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म १८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट