८४ केजी गाँजासहित दुई पक्राउ-Sutra News

८४ केजी गाँजासहित दुई पक्राउ

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

उदयपुर- छिमेकी मुलुक भारततर्फ लैजाँदै गरिएको प्रतिवन्धित लागुऔषध गाँजासहित दुई जना कारोवारीलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ।



गोप्य सूचनाका आधारमा परिचालन भएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रतिवन्धित ८४ केजी गाँजासहित ताप्ली गाउँपालिका १ ओख्लेका २९ वर्षीय पुष्पबहादुर मगर र वडा ३ इनामेका ४३ वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको हो।

बुधबार उदयपुरगढी गाउँपालिका ७ ठूलो तिल्केनीका सन्तबहादुर तामाङको घरबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो। ताप्ली गाउँपालिकाको वडानं १ र ३ बाट संकलन गरी ल्याइएको चार बोरा गाँजा प्रहरीले तामाङको बाख्राको खोरमा लुकाएर राखेको अवस्थामा बरामद गरेको एसपी भिमबहादुर दाहालले बताए।

पक्राउ परेका उनीहरुको प्रारम्भिक बयानमा भारतसँग पुग्नेगरी गिरोहको सेटिङ मिलाएर ल्याइएको खुलेको छ। ताप्लीबाट चार जनालाई बोकाएर तामाङको बाख्राको खोरमा ल्याएर राख्ने र त्यहाँबाट सिरहाको टोलीलाई बुझाएर भारत निकासी गर्ने योजना रहेको एसपी दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट