होम डेलिभरी सेवा दिने व्यवसायीहरु प्रहरी नियन्त्रणमा-Sutra News

होम डेलिभरी सेवा दिने व्यवसायीहरु प्रहरी नियन्त्रणमा

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं- निषेधाज्ञाको अवज्ञा गर्दै विभिन्न सामग्रीको टेक अवे तथा होम डेलिभरी सेवा दिने ६५ जनालाई प्रहरीले पक्राउ गरेको छ।



अनलाइनको माध्यमबाट माग भएका सामान/खानेकुरा डेलिभरी गर्न हिँडेका व्यवसायीहरुलाई होल्डिङ जोनमा राखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

‘यो निषेधाज्ञाको अवधिमा पटक पटक सम्झाउँदा पनि उहाँहरुबाट अवज्ञा हुने काम भयो। त्यही भएर होल्डिङ जोनमा राखेर कारबाही गरेका हौं,’ एसपी राठौरले सुत्रन्युजसँग भने।

उनका अनुसार प्रकाउ परेकाहरुलाई केही समय होल्डिङमा राखेर छाडिनेछ। 

होल्डिङ जोनमा अनलाइनमा डेलिभरी गर्ने संस्थाका म्यानेजरदेखि सञ्चालकसमेत रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट