काठमाडौं- काठमाडौं उपत्यकामा निषेधाज्ञामा अनलाइन सामान डेलिभरी गर्ने ६५ जना पक्राउ परेका छन्। निषेधाज्ञाका बेला सामान लिएर बाहिर हिँडिरहेको अवस्थामा प्रहरीले उनीरूलाई पक्राउ गरेको हो।
उनीहरुलाई सामान्य नसिहत दिएर छाड्ने तयारी भइरहेको प्रहरीको भनाइ छ। अनलाइन सामान डेलिभरी अत्यावश्यक सेवाअन्तर्गत नपरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
भदौ १७ गतेसम्म निषेधाज्ञाको समय लम्ब्याएको सरकारले थप कडाइ गरेको छ।