अमेरिकामा समुद्री आँधी, चार जनाको ज्यान गयो-Sutra News

अमेरिकामा समुद्री आँधी, चार जनाको ज्यान गयो

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

एजेन्सी- अमेरिकामा आएको शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यका चार जनाको ज्यान गएको छ। ‘लरा’ नामक आँधीले पुर्‍याएको क्षति आकलन गर्ने काम भइरहेको बताइएको छ।



लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहलाई सावधान गराइएको छ। करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्‍याएको छ।

पाँच लाख घरपरिवारमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा आगलागी भएको छ। तर पहिले अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी भने आएको छैन।

बीबीसीका अनुसार आँधीबारे राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछिल्लो अवस्थाबारे बताइएको छ। उनले प्रभावित क्षेत्रको सप्ताहान्तमा भ्रमण गर्ने बताएका छन्। उनले आँधीका कारण सो क्षेत्रमा तत्काल भ्रमण गर्नका निम्ति आफूले रिपब्लिकन पार्टीको राष्ट्रिय भेलालाई गर्ने सम्बोधन पछि सार्न खोजेको तर त्यसो गर्नु नपरेको बताए।

लोरा तथा अघिल्लो आँधी मार्कोले क्यारिबियन क्षेत्रमा २४ जनाको ज्यान गएको थियो। अमेरिकामा आएको सबभन्दा शक्तिशाली समुद्री आँधी मध्येको एक मानिएको हरिकेन लोराले आफ्नो राज्यमा निकै क्षति भएको भएपनि पहिले आशङ्का गरिएजति नभएको लुइजियानाका गभर्नर जोन बेल एड्वार्ड्सले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट