काठमाडौं- गायक पुरुषोत्तम पौडेलको गीत ‘ओइ कान्छु म परदेश जान्छुु’ सार्वजनिक भएको छ । पौडेलको गायनमा शान्ती श्री परियारले साथ दिएकी छन् ।
नेत्र अर्यालको शब्द रहेको गीतको लय सिर्जना खेम सेन्चुरीले गरेका हुन् । गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी र खेम सेन्चुरीको अभिनय देख्न सकिन्छ ।
म्युजिक भिडियोको छायांकन करन चैसिरले गरेका हुन् भने शिव पौडेलले सम्पादन गरेका छन् । यस्तै कपिल लामाको निर्देशनमा बनेको उक्त भिडियो उमंग म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
पौडेलको यसअघिको ‘महामारी काण्ड’ सार्वजनिक भएको थियो ।