

काठमाडौं– मंगलदेवी स्मृति प्रतिष्ठानले सातै प्रदेशमा संयोजक मनोनय गरेको छ। प्रतिष्ठानको शुक्रबार बसेको बैठकले उक्त मनोनय गरेको हो।
मनोनित हुनेहरूमा १ नम्बर प्रदेशमा सुनसरीकी विजया कटुवाल, २ नम्बर प्रदेशमा सिराहाकी संगीता कर्माचार्य, बागमती प्रदेशमा चितवनकी तारा गुरुङ, गण्डकी प्रदेशमा कास्कीकी सध्या पोखरेल, ५ नम्बर प्रदेशको दाङकी गिरिजा न्यौपाने, कर्णाली प्रदेशमा सुर्खेतकी जानकी सिंह र सुदूरपश्चिम प्रदेशमा बझाङकी शान्ति बोहोरा पुजारा छन्।
महिलाको उत्थान र सशक्तिकरणका लागि मंगलदेवी सिंहले खेलेको भूमिकालाई संस्थागत गर्दै समानता र समतामुलक समाज निर्माण गरी महिलालाई राजनैतिक तथा आथिर्क सशक्तिकरण गर्ने उद्देश्यले सात वटै प्रदेशमा संयोजक मनोनयन गरिएको प्रतिष्ठानले जानकारी दिएको छ।
प्रतिष्ठानले मनोनित गरिएका संयोजकहरूलाई संस्थानको विधान र मूल्य–मान्यताभित्र रही भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।