बामदेव गौतमको गीत सार्वजनिक-Sutra News

बामदेव गौतमको गीत सार्वजनिक

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले लेखेको गीत सार्वजनिक भएको छ । गौतमको लेखनमा रहेको ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ बोलको गीत सार्वजनकि भएको हो ।



उक्त गीतलाई शम्भुजीत बाँस्कोटाले संगीतबद्ध गरेका छन् भने गायनमा रोशनराज गुरुङ, माण्डवी ऋिपाठी, अञ्जना गुरुङ्गलगायतको स्वर रहेको छ । त्यस्तै, गीतको छायांकन भने दीर्घ गुरुङले गरेका छन् भने जीवन थापाले भिडियोलाई निर्देशन गरेका छन् । गीतमा नेपालको सुन्दरता, गौतम बुद्ध तथा नेपालको कला संस्कृति लगायतको बर्णन गरिएको छ ।
4.jpg
गीतलाई ‘अन्गोल क्रिएसन’ नामक युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ । गौतम राजनितिसँगै गीत लेखमा पनि सक्रिय रहेका छन् । उनको ‘मेरो गीतियात्रा’ नाम पुस्तक पनि सार्वजनिक भईसकेको छ ।
गीत हेर्नुस् : 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट