गीतकार १० नेता, जो राजनीति मात्रै गर्दैनन्-Sutra News

गीतकार १० नेता, जो राजनीति मात्रै गर्दैनन्

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७
काठमाडौं– शुक्रबार मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले लेखेको गीत सार्वजनिक भएको छ । गौतमको लेखनमा रहेको ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ बोलको गीत सार्वजनकि भएको हो । नेपालमा बामदेव जस्तै धेरै नेताहरु छन्, जसले राजनीति मात्र गर्दैनन्, गीत पनि लेख्छन्। आजको यस भिडियोमा हामीले गीतकार नेताहरुको बारेमा चर्चा गर्दैछौ।
 
प्रधानमन्त्री केपी शर्मा ओली
ओलीको तपाईंले कविता पढुनु भयो,सुन्नुभयो । उनले लेख्ने मात्र होईन तबला र बाँसुरी पनि बजाउँछन् । बेला–बेलामा तबला,बासुरी बजाईरहेका उनका तस्बिर सामाजिक संजालमा भाइरल भैरहेको हुन्छ । ओलीको ‘बन्छ नमुना नेपाल’बोलको गित ३ महिना अघि मात्रै युटुबमा सार्वजनिक भएको थियो । त्यसो त् ‘समृद्ध नेपाल, खुसी नेपाली’ प्रधानमन्त्री ओलीले रचना गरेको गीतको एल्बम हो । उनले २०७२ चैतमा आफ्नो पहिलो गीत लेखेका थिए ।
 
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि गीत लेख्छन् । दुई बर्ष अघिमात्रै उनले गीति एल्बम ‘परिवर्तनका स्वर भाग २’ सार्वजनिक गरेका थिए । २०६५ सालमा उनले पहिलो गीति एल्बम ‘परिवर्तनका स्वरहरु’ सार्वजनिक गरेका थिए। सोहि एल्बममा समावेश ‘मातृभूमि नेपाल हाम्रो’ बोलको गीतमा उनले अभिनय समेत गरेका थिए। प्रगतिशील गीत लेख्न रुचाउने खनाल सानैदेखि गीत–संगीतमा रुचि राख्थे।
 
प्रदीप ज्ञवाली
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली साहित्यमा भिझेका नेता हुन् । उनले लेखेका उपन्यास, कथा, कविता र गीति एल्बम सार्वजनिक भइसकेका छन् । साहित्यमा ‘शीतबिन्दु’को नामले परिचित उनको ०७६ सालामा ‘अट्टालिका’ बोलको गित सार्वजनिक भएको थियो। उनका ‘सहरहरूसँग एउटा प्रश्न सोधिरहेछ गाउँ’ र ‘ओ मेरी प्रिया’ गीत चर्चित छन् ।
 
विश्वप्रकाश शर्मा
चैतमा युटुबमा एउटा गित सार्वजनिक भयो,प्रमोद खरेल र शित्तल मोक्तानको आवाजमा रहेको उक्त गीतको बोल थियो ‘आउ माया गरौ’ । यसै गीतका रचनाकार हुन् कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा। ५० भन्दा बढि गित लेखिसकेका उनले कांग्रेसको राष्ट्रिय जागरण अभियानमा समेत गीत लेखेका थिए । सो गीत नेपालमा बोलिने विभिन्न १२ भाषामा लेखिएको थियो । उनको ‘स्वीकृति’ एल्बमआजभन्दा ८ बर्ष अघि बजारमा आएको थियो । शर्माले आफ्नो गीतमा आफै संगीत पनि भर्छन। शर्माले नेपाल संगीत विद्यालयमा भर्ना भएर संगीत सिकेका थिए। शर्माले स्कुल पढ्दादेखि नै गीत, कविता र गजल लेख्ने गर्थे ।
 
प्रदीप नेपाल
पूर्वमन्त्री एवं नेकपा नेता प्रदिप नेपाल साहित्यमा धेरै पढिएको नाम हो। उनले पनि केहि गित लेखेका छन्। ‘भोजपुर वन्दना’ उनले लेखेको धेरैले मन पराएको गीतमा पर्छ। त्यस्तै उनको ‘पश्चिम फाँट धरधरी रोयो’ बोलको गीत पनि चर्चित छ ।
 
कमल थापा
‘शुभकामना नयाँ वर्ष, नयाँ जीवनलाई’ यो गित नसुन्ने कमै होलान् । प्रत्येक नयाँ बर्षमा यो गित धेरैको रोजाईमा पर्ने गर्छ। यसै गीतका रचनाकार हुन्, पूर्व उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापा। अभिनेता राजेश हमाल अभिनित पहिलो चलचित्र ‘युग देखि युगसम्म’मा समावेश ‘तीनपाते डाँडा काटेर’ बोलको गित उनैले रचना गरेका हुन्। त्यस्तै उनले २०७५ सालमा ‘मेरो प्यारो नेपाल’ नामक गीति एल्बम सार्वजनिक गरेका थिए।
 
विप्लव
द्वन्दकालमा एउटा गीत निकै चर्चामा थियो ‘रगतै बग्यो नि, बर्खेनी भेल सरी’ । यही गीतका रचनाकार हुन्, नेत्रविक्रम चन्द ‘विप्लव’ । उक्त गीत उनले २०५४ सालमा लेखेका थिए। ‘कसले बनायो दाजै उडी जाने बस’ यो गीत २०७२ सालमा निकै चर्चामा थियो। सामाजिक–राजनीतिक परिवेश, विषयवस्तु र घटनाक्रममा आधारित भएर गीत लेख्न रुचाउने उनी हाल अर्धभूमिगत जीवन बिताइरहेका छन् । उनले लेखेका ‘तुफानमा जिउने सागरको माझी’, ‘जागै बस साथी’, ‘क्रान्तिकारीको विचार सही’, ‘यो शासन थेग्न कठिन छ साथी’ गीतहरू माओवादी युद्धकालमा चर्चित थिए।
 
मणि थापा
श्रमिक र मजदुरको पक्षमा प्रगतिशील सिर्जना रचना गर्न रुचाउने मणि थापा नेकपाका नेता हुन । युद्धकालमा उनका गीत निकै चर्चित थिए। उनको सबैभन्दा चर्चित गीत भने ‘अरुण तरेर नाना तमोर तरेर’ हो । उनले लेखेका गीतको सोलो एल्बम ‘गाथा’ सार्वजनिक छ । उनले फिल्ममा पनि गीत लेखेका छन् । लचित्र ‘दशगजा’मा ‘जाऔँ साथी स्वदेश’ र चलचित्र भिमदत्तमा ‘वारी डाँडा’ बोलको गीत लेखेका थिए ।
 
प्रभु साह
पूर्वमन्त्री एवं हालका सांसद प्रभु साह भोजपुरी गीत लेख्छन् । साहले गत वर्ष सार्वजनिक भएको ‘हमनिके भगिया’ नामक भोजपुरी गीतको परिकल्पना गरेका थिए । उनले हालसम्म ३ वटा गीति एल्बमसमेत निकालिसकेका छन् । ‘मधेस के माटी’, ‘अवकाश सुतुव’ र ‘मोहरमारिय’ नामक गीति एल्बम भोजपुरी समुदायमा चर्चित छन् ।
त्यस्तै भिम रावल, केशब झा लगायतका नेताहरुले पनि गीत लेखेका छन्।
 



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट