पहिलोपल्ट महिला प्रतिष्पर्धी सज्जाले जितिन् नेपाल आइडल-Sutra News

पहिलोपल्ट महिला प्रतिष्पर्धी सज्जाले जितिन् नेपाल आइडल

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं– नेपाल आइडलको अघिल्लै सिजनमा निर्णायक गायिका इन्दिरा जोशीले चाहना प्रकट गर्दै भनेकी थिइन्, ‘महिला प्रतिष्पर्धी नेपाल आइडल भएको हेर्ने मन छ।’ पहिलो र दोश्रो सिजनमा त उनको त्यो चाहना पुरा हुन सकेन । तर, शुक्रबार साँझ भएको तेश्रो सिजनको फाइनलमा उनको त्यो चाहना पुरा भएको छ । अर्थात्, पहिलोपल्ट गायन रियालिटी शो ‘नेपाल आइडल’की विजेता महिला प्रतिष्पर्धी भएकी छिन्- सज्जा चौलागाई ।



टप ३ मा पुगेका प्रविन भेडवाल र किरण बुझेललाई पछि पार्दै मोरङ्गकी सज्जा प्रथम भएकी हुन् ।भर्चुअल माध्यमबाट आयोजना गरिएको आइडलको फिनाले कार्यक्रम एपिवान एचडि टेलिभिजनबाट प्रसारण गरिएको थियो । साँझ ८ बजेदेखि फिनाले कार्यक्रम प्रसारण गरिएको थियो ।

आइडलको तेस्रो संस्करणमा बर्दियाका प्रविन वेडवाल दोस्रो र महोत्तरीका किरण भुजेल तेस्रो भएका छन् । आइडलमा प्रथम हुनेलाई ५० लाख, दोस्रो हुनेलाई १५ लाख र तेस्रो हुनेलाई ५ लाख नगद पुरस्कार राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट