काठमाडौं- ललितपुरको पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
भक्तपुरकी ६२ वर्षीया महिलाको बिहान र काठमाडौंकी ५१ वर्षीया महिलाको हिजो राति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
पाटन अस्पतालमा भदौ ८ गतेदेखि उपचाररत भक्तपुरकी महिलाको बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
काठमाडौंकी ५१ वर्षीया महिला पनि गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचारत थिइन् ।उनको राति मृत्यु भएको हो ।