विदेशी पर्यटकलाई मलेसियामा प्रतिवन्ध थपियो-Sutra News

विदेशी पर्यटकलाई मलेसियामा प्रतिवन्ध थपियो

शनिबार, १३ भाद्र २०७७

शनिबार, १३ भाद्र २०७७

मलेसिया- मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ। कोरोनाभाइरसको महामारी फैलिएको देशबाट आएका पर्यटकहरुलाई प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन्।



विदेशी पर्यटकलाई लगाइएको प्रतिवन्धको अवधि यही वर्ष सन् २०२० को अन्त्यसम्म पुर्‍याइएको पनि उनीहरुले बताएका छन्। मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक टेलिभिजनमा सम्वोधन गर्दै विश्वभरी नै कोरोना सङ्क्रमितहरुको संख्या बृद्धि भइरहेकाले अन्तरदेशिय आवतजावतलाई निषेध गरिएको स्पष्ट पारे।

उनले आफ्नै देशमा पनि सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढिरहेकोले अन्तरिक सतर्कता पनि उत्तिकै बढाउनुपर्ने आवश्यकतामा जोड दिए। बेलामा सचेत नभएर लापरबाही गरिएमा अनियन्त्रित अवस्था सिर्जना हुनसक्ने चेतावनी पनि प्रधानमन्त्री यासिनले दिएका छन्।

मलेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट नौं हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने अरु १२५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। थप प्रतिवन्धका दैनिक क्रियाकलापमा अवरोध खडा नगर्ने प्रायः व्यवसाय र विद्यालयहरू पुनः सुरु भइसकेका मुहिद्धिनले बताए। नाइटक्लबहरू र मनोरन्जन केन्द्रहरू बन्द रहनुको साथै अन्तर्राष्ट्रिय खेल कार्यक्रमहरू प्रतिबन्धित भएको उनले बताए।

मलेसियामा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजर वा साबुनको प्रयोगमा ध्यान दिनेलगायतका आधारभूत स्वास्थ्य मापदण्डहरु भने पालना गरिरहनुपर्नेमा सबैले आह्वान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट