नेपाल आइडलका प्रस्तोतालाई कोरोना संक्रमण-Sutra News

नेपाल आइडलका प्रस्तोतालाई कोरोना संक्रमण

शनिबार, १३ भाद्र २०७७

शनिबार, १३ भाद्र २०७७

काठमाडौं- नेपाल आइडलका कार्यक्रम प्रस्तोतामध्ये एकलाई कोरोना भाइरसको सक्रमण पुष्टि भएसँगै सम्पूर्ण सदस्यलाई आइसोलेसनमा राखिएको छ।



शुक्रबार भएको फिनालेका एक जना प्रस्तोतालाई कोरोना संक्रमण पुष्टि भएको हो। अघिल्लो दिन नै फिनाले आधा एपिसोड रेकर्ड गरिसकिएको थियो भने शुक्रबार पुरस्कार वितरणको कार्यक्रम रहेको थियो। फिनालेको लाइभ सुटिङ भइरहेका बेला प्रस्तोतामध्येका एकलाई कोरोना संक्रमणको पष्टि भएको खबर आएसँगै सम्पूर्ण सदस्यहरु आइसोलेसनमा बसेका छन्।

अहिले आइडलका प्राविधिक, प्रस्तोता,  टप १० प्रतिस्पर्धीलगायत कार्यक्रमका अन्य सदस्य सबैजना होम आइसोलेसनमा रहेका छन्। आइडलसँग जोडिएका एक सदस्यका अनुसार उनीहरुमा लक्षण देखिएमा कोरोना परीक्षण गरिनेछ।

नेपाल आइडलको तेस्रो संस्करणको फिनाले हिजो भएको थियो। यसपटकको उपाधि मोरङकी सज्जा चौलागाईँले जितेकी हुन्। प्रविण वेडवाल र किरण भुजेल रनरअप भए। कार्यक्रमका विजेतालाई अन्नपूर्ण नेटवर्कका अध्यक्ष रामेश्वर थापाले पुरस्कार प्रदान गरेका थिए।

आइडलका सदस्यलाई कोरोना संक्रमणको पुष्टि भएपछि आइसोलेसनमा बसेकाहरुको रिपोर्ट नेगेटिभ आओस् र संक्रमण पुष्टि हुनेको पनि चाडै स्वास्थ्य लाभ होस् भनेर कलाकारहरुले कामना गरेका छन्।

गायिका आस्था राउतले आइडलकी विजेता सज्जा चौलागाईँलाई बधाई दिँदै हालेको फेसबुक पोष्टमा लेखेकी छिन्, ‘सबैको रिपोर्ट चाडै नेगेटिभ आओस।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट