११ अगस्त २०२० मा, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरे, ‘रुसी वैज्ञानिकहरूले कोरोना भाइरसविरूद्ध प्रभावकारी खोप तयार पारेका छन्। रूसले यस खोपको नाम ‘स्पुटनिक ५’ राख्यो।
स्पेनिस भाषामा ‘स्पुटनिक’ भनेको उपग्रह हो। सोभियत संघले १९५७ मा संसारको पहिलो उपग्रह बनाएको थियो। र, त्यसलाई नाम दिएको थियो, ‘स्पुटनिक’।
फेरि भ्याक्सिनको रुपमा रूसले अमेरिकालाई देखाउन चाहेजस्तो देखिन्छ कि वर्षौं पहिले सोभियत संघले जसरी अन्तरिक्षको होडमा अमेरिकालाई पछि पारेको थियो, त्यसैगरी कोभिड-१९ विरुद्धको खोप निर्माणको दौडमा पनि रुसले अमेरिकालाई पराजित गरेको छ।
रूसी राष्ट्रपति पुटिनले आफ्नी छोरीलाई नयाँ खोपको डोज दिइएको र पूर्णरूपमा स्वस्थ रहेको दाबी गरेका छन्। तर वैज्ञानिकहरू पुटिनको कोरोना खोप सम्बन्धमा गरेको दाबीप्रति शंका गरेका छन्। रुसले यो खोप लगभग ७६ जनामा प्रयोग गरेको छ, जबकि तेस्रो चरणको परीक्षण बाँकी नै छ। र, तेस्रो चरणका लागि हजारौं मानिसमा खोप परीक्षण गर्नुपर्ने हुन्छ।
निश्चय नै, रूसले यो खोप आफ्नै देशमा प्रयोग गर्न सक्छ। तर बाँकी विश्वले पनि यो खोप प्रयोग गरेर यसलाई अनुमोदन गर्न चाहँदैन। विश्वभर अरु मुलुकका वैज्ञानिकहरू पनि रातदिन नभनी कोभिड-१९ विरुद्धको खोप निर्माणको प्रयास गरिरहेका छन्।
चाँडै बनाउनुपर्ने दबाब
कोरोना भाइरसविरुद्धको पहिलो खोपका लागि कति लामो समय प्रतीक्षा गर्नुपर्ला? कोलम्बिया विश्वविद्यालयमा सरुवा रोग विशेषत्र एन्जेला रम्सनका भनाइमा, यो खोप तयार हुन सन् २०२० को अन्त्य वा २०२१ को सुरुवातसम्म पर्खनैपर्छ। उनी भन्छिन्, ‘त्यतिबेलासम्म निर्माण भयो भने त्यसलाई चाँडो भएको मान्नुपर्ने हुन्छ। त्योभन्दा पहिले निर्माण हुनै सक्दैन।’
कोरोना महामारीबाट पार पाउन विश्वभरका सयभन्दा बढी अनुसन्धानसम्बन्धी संस्था र विश्वभरका औषधि निर्माणसम्बन्धी कम्पनीहरु काम गरिरहेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार चीनका तीन, अमेरिकाका दुई र बेलायतका एक संस्था परीक्षणको अन्तिम चरणमा पुगेका छन्।
विगत खोप उत्पादन गर्न आवश्यक पर्ने बौद्धिक क्षमताको निकै विस्तार भएको छ। र, यो क्षमता भारत र चीनजस्ता मुलुकमा पनि देख्न सकिन्छ। पश्चिमी मुलुकबाट यो क्षमता विस्तार भएका कारण ठूलो परिमाणमा खोप उत्पादन हुनसक्ने स्थिति छ।
एन्जेला रम्सनका अनुसार, यसका लागि तीनवटा विभिन्न प्राविधिक प्लेटफार्महरूको प्रयोग गरिन्छ। यसअन्तर्गत सबैभन्दा पहिले प्रतिरक्षा प्रणालीले कोरोना भाइरस पत्ता लगाउँछ। अनि, त्यसपछि एन्टीबडी तयार गरिन्छ।
बेलायतमा अक्सफोर्ड विश्वविद्यालय र ग्लोबल ड्रग्स फर्म-एस्टरज़ेने मिलेर जुन खोप खोप निर्माण गरिरहेका छन्, उनीहरुले कोरोना भाइरससँग मिल्दोजुल्दो भाइरसको प्रयोग गरिरहेका छन्। र, यसले चिम्पाञ्जीलाई मात्र असर गर्न सक्छ।
ठीक यही समय अमेरिकाको औषधि निर्माण कम्पनी ‘मर्ना’ काम गरिरहेको छ, यो कम्पनीले आनुवंशिक सामग्रीको सहयोगमा ‘स्पाइक प्रोटिन’ तयार गरिरहेको छ।
तेस्रो विधिचाहिँ चिनियाँ औषधि कम्पनी ‘सिनोवाक बायोटेक’ले प्रयोग गरिरहेको छ, जसअन्तर्गत उपचारका लागि भाइरसकै प्रयोग गरिन्छ।
यी सबै खोपहरू सुरक्षा र प्रतिरक्षासम्बन्धी ‘रेस्पोन्स’को जानकारीका लागि तुलनात्मकरूपमा थोरै मानिसहरूमा मात्र परीक्षण गरिएका छन्। यसपछि मात्र खोपको तेस्रो चरणको परीक्षण हुने बताइएको छ।
एन्जेला रम्सनका भनाइमा, तेस्रो चरणको परीक्षणअन्तर्गत हजारौं व्यक्तिले यसलाई प्रयोग गरेपछि थाहा पाउन सकिनेछ कि यो कत्तिको कामयावी हुनेछ? भाइरसको सम्पर्कमा आएका व्यक्तिहरु कत्तिको सुरक्षित हुन्छन् भन्ने आधारमा यसको प्रभावकारिता मापन हुनेछ। यसक्रममा अन्य मानिसहरुको तुलनामा उनीहरुमा कुनै समस्या देखिएन भने खोपले काम गरेको मानिनेछ।
खोपको परीक्षण पशुहरुमा पनि गरिन्छ। तर, मानिसमा परीक्षण गरिँदा उनीहरुको स्वास्थ्यमा समस्या नआओस् भन्ने कुरामा ख्याल राख्ने गरिन्छ।
एन्जेला रम्सनका खोपको परीक्षण त्यो ठाउँमा गरिन्छ, जहाँ जो भाइरसको जोखिम बढी भएको क्षेत्रमा बसोबास गर्छन्। यही कोरोना भाइरसको संक्रमण कम भएको देशले परीक्षण गर्नुपर्दा ब्राजिलजस्तो संक्रमणको उच्च दर भएको देशमा गरिरहेका छन्।
यतिबेला बैज्ञानिकहरुलाई चाँडोभन्दा चाँडो खोप बनाउनुपर्ने दबाब छ। साथै, यसको अन्य चुनौतिहरु पनि छन्।
एन्जेला रम्सन विश्वास गर्छिन् कि, यो काम हतारमा गरियो भने त्यसले तथ्याङ्क संकलनमा समस्या सिर्जना गर्न सक्छ। साँच्चिकै जोखिम रहेको क्षेत्रमा परीक्षण गरिएन भने यो परीक्षण उपलब्धिहीन पनि हुनसक्छ।
खोपको माग कसरी पूरा गर्ने?
प्रयोगशालामा भ्याक्सिन विकास गर्नु एउटा कुरा हो। तर, लाखौंका लागि ठूलो परिमाणमा खोप निर्माण गर्नु अर्को कुरा हो। त्यसो भए कसरी ठूलो परिमाणमा खोप निर्माण गर्ने त?
अमेरिकाको येल इन्स्टिच्युट अफ ग्लोबल हेल्थका निर्देशक साद ओमर यस सम्बन्धमा भन्छन्, ‘यसभन्दा पहिले हामीले ठूलो परिमाणमा खोप निर्माण गरेका छैनौँ। लाइसेन्स प्राप्त भएपछि खोप उत्पादन हुनेछ। कोरोना भाइरसले विश्वव्यापीरुपमा जुन आतंक सिर्जना गरेको छ, त्यसैअनुसार खोप निर्माणका लागि लगानी पनि भएको छ।’
प्रयोगशालामा हुने परीक्षणबाट खोप निर्माणले सफलता प्राप्त गरेपछि ठूलो परिमाणमा खोप उत्पादन गर्न सोही अनुसारको संरचनाको आवश्यकता पर्छ। र, यसका लागि औषधि कम्पनीहरुले लगानी गरिरहेका छन्। बिल गेट्सले कारखाना निर्माणका लागि आर्थिक सहयोगको प्रतिज्ञा पनि गरेका छन्।
साद उमर के भन्छन् भने, विगत खोप उत्पादन गर्न आवश्यक पर्ने बौद्धिक क्षमताको निकै विस्तार भएको छ। र, यो क्षमता भारत र चीनजस्ता मुलुकमा पनि देख्न सकिन्छ। पश्चिमी मुलुकबाट यो क्षमता विस्तार भएका कारण ठूलो परिमाणमा खोप उत्पादन हुनसक्ने स्थिति छ।
ठूलो परिमाणमा खोप निर्माण भइसकेपछिको चुनौति भनेको यसको भण्डारण हो। किनभने, सही तरिकाले तापमान कायम गरेर यसको भण्डारण गर्नुपर्ने हुन्छ। भण्डारणको समस्या विशेषगरी ती मुलुकमा देखिन्छ, जहाँ २४ सै घण्टा विजुलीको उपलब्धता छैन। सान उमर भण्डारण र वितरणको योजना निर्माण गरिँदा निकै ख्याल पुर्याउनुपर्ने बताउँछन्।
हामीसँग अन्य रोगहरूमा प्रयोग भइरहेका खोपहरुको यातायात र भण्डारणको नेटवर्क भए पनि त्यसको सीमितता हुनेछ। फेरि, महामारीको बीचमा मानिसहरूलाई खोप दिने काम अन्य खोप दिएजस्तो सहज पनि छैन।
साद उमर थप्छन्, ‘कोही पनि चाहँदैन कि, खोप लिनका लागि लामो लाइन होस् वा साँघुरो ठाउँमा धेरै मानिस भेला होउन्। खोप प्राप्त गर्दैगर्दा आफूमा संक्रमण होस् भन्ने पनि कोही चाहँदैन। यो स्थिति अर्को चुनौति हो। फेरि खोपले राम्रोसँग काम गर्न केही हप्ता लाग्छ। त्यसैले, अधिकांश मुलुकमा कसरी खोप दिने भन्ने कुरा निकै चुनौतिपूर्ण छ।’