रामचन्द्र पौडेलले सार्वजनिक गरे १० बुँदे एजेन्डा-Sutra News

रामचन्द्र पौडेलले सार्वजनिक गरे १० बुँदे एजेन्डा

शनिबार, १३ भाद्र २०७७

शनिबार, १३ भाद्र २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनका लागि आफ्ना एजेन्डा सार्वजनिक गरेका छन्।



सभापतिको उम्मेदवार दिने तयारीमामा रहेका नेता पौडेलले शनिबार सामाजिक सञ्जालमार्फत् आफ्ना १० एजेन्डा सार्वजनिक गरेका हुन्।

उनले नेपालको संविधान, पार्टीको विधान, सुशासनलगायतका एजेन्डाहरु प्रस्तुत गरेका छन्। ‘मैले नारामात्र नलगाएको हो। भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु। प्रचारको कमी हुन सक्छ,’ नेता पौडेलले उल्लेख गरेका छन्।

यी हुन् उनका १० एजेन्डाहरु

१ नेपालको वर्तमान संविधान लागु गर्ने ।

२ नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने ।

३ नेपालको उन्नतिको बाटो देखाउने।

४ नेपालमा सुशासन लागु गराउने।

५ नेपालको असंलग्नता र तटस्थतालाई बचाउने।

६ नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने । 

७ कम्युनिस्ट भ्रम र शब्दजालबाट नेपाली जनतालाई मुक्त गराउने ।

८ नेपाली जनतामा देशभक्तिको भावना जगाउने । 

९ नेपाली संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने ।

१० नेपाली कांग्रेस विचार शून्य र दिशा बिहिन छैन भन्ने सावित गराउने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट