सबैभन्दा पहिले माछालाई थाहा हुन्छ पानीको स्वाद…
बल्छीको स्वाद भन्दा पहिले
माछाले गड्यौलाको स्वाद थाहा पाउँछ
त्यसपछि– उसलाई थाहा हुन्छ तेलको स्वाद…
पौडिन त माछालाई सधैं आउँछ
तर जब– जब कुनै पन्यू वा डाडुले सिकाउँछ,
तैरिन कुनै कराहीमा
उ आफै माग्छ अलिकति नून
किनकी माछाले बिर्सन सक्दैन समूद्रको स्वाद…